श्रीलङ्काले म्यानमारलाई कोभिड १९ को खोपहरु सहयोग गर्ने

-



     सफल आवाज    
     असाेज २८ गते २०७९ मा प्रकाशित



श्रीलङ्का सरकारले म्यानमारलाई चार करोड अमेरिकी डलर बराबरको कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ । स्वास्थ्यमन्त्री केहेलिया रम्बुक्वेलाले शुक्रबार यहाँ पत्रकारहरुलाई बताएका छन् ।

उनले श्रीलङ्कासँग फाइजर भ्याक्सिनको ९० लाखभन्दा बढी डोज रहेको र म्यानमारलाई ६० लाख दिने योजना रहेको बताए।मन्त्रीले रम्बुक्वेलाले यो वर्षको अन्त्यसम्ममा खोपको म्याद सकिने बताए। श्रीलङ्काका अधिकारीहरूले म्यानमारमा खोपहरू पु¥याउन विश्व स्वास्थ्य संगठनसँग काम गरिरहेका रामबुक्वेलाले बताए ।