
काठमाडौं, ३१ असोज । नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र आईओएसका प्रयोगकर्ताका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विषेश समारोहमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोबाइल एप्लिकेसन डाउनलोड गरेर सार्वजनिक गरेका हुन् ।
परिस्कृत र नयाँ सुविधाहरू सहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन गुगल प्ले तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिने र यसलाई ग्राहक र अभिकर्ता दुवैले एउटै एप्लिकेसन मार्फत लाभ लिन सक्ने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
यसका लागि एप डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरको माध्यमबाट आफूलाई रजिस्टर गरी लग इन गर्न सकिने छ । आफू अभिकर्ता वा बीमित छनौट गरी आफ्नो प्रोफाइल एड गर्नुपर्छ । एप्लिकेसनमा एकै जनाको एक भन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिने व्यवस्था गरिएको छ ।
बीमालेख प्रोफाइलमा एड गरेपछि आफ्नो बीमासँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाँउमा सरल तथा सहज तरिकाले प्राप्त गर्न सकिने इन्स्योरेन्सले जनाएको छ । यसबाहेका एपमा अन्य सुविधाहरुको रुपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरुको स्थान तथा सम्पर्क नम्बर तथा कम्पनीले सार्वजनिक गरेको जानकारीमूलक, तथा मनोरन्जनात्मक श्रव्य दृश्य सामग्रीहरु पढ्न तथा हेर्न सकिने छ ।
इन्स्योरेन्सले ल्याएको एपलाई समयानुकूल स्तरवृद्धि गर्दै ग्राहकलाई जीवन बीमा सम्बन्धी सम्पूर्ण सुविधाहरु चुस्त दुरुस्त तरिकाले एकद्वार नीतिको अवलम्बन गर्दै सेवा प्रवाह गर्ने प्रतिबद्ध रहेको कम्पनीका सीईओ पराजुलीले बताए ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



