रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन : जेलेन्स्की

-



     सफल आवाज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित



किभ, ३१ असोज । रुसले आफ्नो देशमा ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बताएका छन् ।

रातभरि र बिहानै, शत्रुले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको छ । रुसले कामिकाजे ड्रोन र क्षेप्यास्त्रहरूले युक्रेनमा आक्रमण गरिरहेका छन् ।

दुश्मनले हाम्रा सहरहरुमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन्’ उनले बताए। राजधानीका मेयरले दुई जना भग्नावशेषमुनि फसेका र किभको एउटा आवासीय भवनमा क्षति पुगेको पुष्टि गरे।