पहाडी भागमा आंशिक बदली-बाँकी भागमा मौसम सफा 

-



     सफल आवाज    
     कार्तिक १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएकाे जनाएकाे छ । देशको पहाडी भू-भागमा  आंशिक देखी सामान्य बदली  रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

कार्तिक ०१ गते  (मंगलबार)

दिउँसो : देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी  प्रदेशहरुमा  आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। 

रात : गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कार्तिक ०२ गते  (बुधबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी  स्थानहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  देशको पहाडी भू-भागको थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ। 

 राती :  देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कार्तिक ०३ गते  (बिहीबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। 

 राती :  देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।