
सोल, १ कात्तिक । दक्षिण कोरियामा पछिल्लो सोमबार मध्यरातसम्म कोभिड–१९ का ३३ हजार २ सय ४८ नयाँ सङक्रमित थपिएका छन् । त्यहाँ हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार ६ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसिए० का अनुसार उक्त अवधिमा कोरोनाका सङ्क्रमित अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेका थिए । एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो ।
गत हप्ताको पुष्टि भएका सङ्क्रमितहरुको दैनिक औसत सङ्ख्या २४ हजार २ सय ३६ थियो । नयाँ सङ्क्रमितहरू मध्ये ८७ जना विदेशबाट आएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १ जनाले घटेर २ सय ४७ पुगेको छ ।
कोरोनाका कारण थप ६ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या २८ हजार ८ सय ५६ पुगेको जनाइएको छ । कुल मृत्यु दर ०.११ प्रतिशत रहेको बताइएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




