इष्टर्न हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ असोज । इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि सेयर निष्काशन गरेपछि सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो।

यसअघि कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियाे । त्यसमा बिक्री नभएकाे बाँकी ५० हजार ३१० कित्ता सेयरसहित ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्काशन गरेको हो।

कम्पनीका अनुसार ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि रहेकाे छ । १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता सेयरमा आवेदन दिन पाउनेछन्।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्ता तथा बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग दिएकाे छ। याे भनेकाे दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत हाे ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।