डेंगु सङ्क्रमण भएपछि राज्यमन्त्री केसी अस्पताल भर्ना

-



     सफल आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ कात्तिक । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई अस्पताल भर्ना गरिएको छ । डेंगु सङक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसीलाई टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो ।

राज्यमन्त्री केसीले गत शुक्रबार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि डेंगु परीक्षण गराएका थिए । परीक्षणमा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । केसीका प्रमुख सचिव अमित शर्माका अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ । राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या भने रहेको बताइएको छ ।