
काठमाडौं ३ कात्तिक । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षकाे नाफामा उल्लेख्य बृद्धि गरेकाे छ । लघुवित्तको सार्वजनिक भएकाे पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार साे नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा सत्प्रतिशत बढी भएकाे छ।
असोजका् अन्त्यसम्म लघुवित्तले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। गएकाे वर्ष लघुवित्तको नाफा १ करोड ८९ लाख रुपैयाँ रहेकाे थियो। यसरी हेर्दा संस्थाकाे नाफा १०१.९८ प्रतिशत बढेको छ। लघुवित्तकाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सत्प्रतिशतभन्दा बढी भएपछि खुद नाफामा पनि बृद्धि भएकाे हाे ।
लघुवित्तको खुद ब्याज आम्दानी ११९.३३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ११४.९७ प्रतिशत बढेको छ। इम्पेरमेन्ट चार्जमा १ करोड ६७ लाख रुपैयाँ राखेको यस लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ११२.९८ प्रतिशत बढेको छ।
संस्थाकाे ईपीएस पनि बढेको छ। याे गएकाे आर्थिक वर्षको पहिलो तीन महिनामा १० रुपैयाँ ३४ पैसा रहेको थियाे । यस आर्थिक वर्षको सोही अवधिमा ८ रुपैयाँ ६५ पैसा बढेर १८ रुपैयाँ ९९ पैसा भएकाे छ। मूल्य आम्दानी रेसियाे २५.५९ गुणा छ । प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९६ पैसा रहेको छ।
संस्थाले १० प्रतिशत बोनस सेयर वितरण गरेपछी चुक्ता पूँजी रु ८० करोड ५१ लाख पुगेकाे थियाे । जगेडा कोषमा यस अवधिमा २९.६९ प्रतिशतले बढ्दा रु २१ करोड ७० लाख रुपैयाँ पुगेको छ। संस्थाकाे सापटी ३९.९५ प्रतिशतले बढेकोमा कर्जामा ३७.६६ प्रतिशत बढेको देखिन्छ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



