कोरोनाका सक्रिय सङ्क्रमित ७२७ पुगे

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ५७१ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

७ हजार ९८ जनाको पीसीआर गर्दा ५० जनामा तथा ७७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट ५१ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय २७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा १५ हजार ३५९ जनाले कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क प्राप्त भएको छ । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।