
काठमाडौं, ३ कार्तिक । निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्र पठाएको छ ।
आगामी संसदीय निर्वाचनमा रौटहट १ का उम्मेदवार नेपाललाई आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्रसहित आग्रह गरेको हो ।
नेता नेपालले केही दिनअघि चुनावी प्रचारप्रसारमा फ्रि भिसा, फ्रि टिकटको बिषयमा दिएको प्रतिकृया पछिल्लो समय समाजिक सञ्जालमा विवादित बनेको छ । त्यही भिडियोका आधारमा उक्त दफाको निर्वाचन कसुर गरेको आरोप लागेका व्यक्तिलाई कारबाही अघि बढाउन आग्रह गर्दै प्रहरीलाई पत्र पठाइएको निर्वाचन आयोगले जनाएको छ ।







काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



