
काठमाडौँ, ४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोला प्रथाबाट नम्बर तान्दै त्यसमा परेको मोबाइल नम्बरमा सर्वसाधारणलाई फोन गरेका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलबाट उनले सर्वसाधारण, शुभचिन्तक तथा आफ्ना मतदाताका रुपमा फोन नम्बर पठाउनेलाई फोन गरेर कुराकानी गरेका हुन् ।
अध्यक्ष ओलीले आफूसँग कुराकानी गर्न आम सर्वसाधारण मतदाताबाट मोबाइल नम्बर टिपाउन सचिवालयमार्फत आह्वान गरेका थिए । उनको आह्वान अनुसार १ लाख ७१ हजार ७ सय ८३ जनाले नम्बर टिपाएको एमाले सचिवालयले बताएको छ ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै ओलीले सर्वसाधारणसँग नजिक हुन र आफ्नो राम्रो छवि प्रस्तुत गर्न विभिन्न तरिका अपनाइरहेका छन् । केही दिन अघि मात्रै उनले नेपाली कांग्रेसका सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘लाइभ डिबेट’ आफू तयार रहेको भन्दै सामाजिक सञ्जालमार्फत चुनौती दिएका थिए ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



