
पोखरा, ४ कात्तिक । पोखराका होटल व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको कर्जाको सावाँ र व्याज तत्काल तिर्न नसक्ने बताएका छन् । उनीहरुले वित्तिय संस्थाले तत्काल आतंक बन्द नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
होटल संघ पोखराले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरु अहिलेको अवस्थामा सावाँ ब्याज चुक्ता गर्न सक्ने अवस्थामा नरहेको जनाएको हो ।
संघले बैंक तथा वित्तीयसंस्थाले मनोमानी रुपमा लागू गरेको चर्को ब्याजदरलाई घटाउन, कर्जाको साँवा र ब्याजको दायित्वलाई अर्को बर्षमा तिर्ने व्यवस्था मिलाउन सरकारसंग माग गरेको छ ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय सिजन भएपनि पर्यटकहरुको संख्यामा अपेक्षाकृत वृद्धि हुन नसकेको बताए । ७ प्रतिशतमा लिएको कर्जा वृद्धि गरी बैंकहरुले दाेब्बर बढी बनाएकाेमा त्याे मान्य नहुने बताए । उनले मनाेमानि बढाएकाे चर्काे ब्याज दररलाई एक अंकमा झार्न अनुराेध गरेका छन् ।
मागहरु सुनुवाइ नभए तिहार पछाडि सम्पूर्ण व्यवासायीहरुलाई समेटेर राष्ट्रबैंक, अर्थमन्त्रालय घेराउका कार्यक्रम अगाडी बढाउने उनले चेतावनी दिए । होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले व्यवसायलाई खुला राखेर केन्द्रिय स्तरमा बाट नै आन्दोलन गर्ने बताए ।

होटल संघ गण्डकीका अध्यक्ष हरीप्रसाद शर्मा गैह्रेले यो समस्या पर्यटन व्यवसायीहरुको मात्र नभएर सम्पूर्ण उद्योगी व्यवसायीहरुको रहेको बताए ।
उनले व्यसायमा सुस्तता छाएको समयमा बैंक तथा वित्तिय संस्थाहरुले आतंक मच्चाएको भन्दै सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताए ।
संघका सल्लाहकार बच्चुराम तिवारीले बैंकहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेको बिषयमा पनि छानविन हुनुपर्ने माग गरे । राज्यकै कारण पर्यटन क्षेत्र धरासायी हुन पुगेको उनको भनाइ छ । उनले बैंकहरुले ७ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्थाको माग गरे ।
संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले नेपाल राष्ट्रबैंको नीतिका कारण पर्यटन उद्योगप्रति हेर्ने दृष्टिकोण सकरात्मक नभएको गुनासो गरे ।
उनले नवौं राष्ट्रिय खेलकुदका कारण पोखरामा पर्यटकहरुको संख्यामा केहि वृद्धि भएपनि यसैलाई आधार मानेर बैंकहरुले ताकेता गर्न नहुने बताए ।
बिगतका बर्षहरुमा सिजनमा १२ लाख पर्यटकहरु आउने गरेकोमा पछिल्लो समय भने मुस्किलले ५ लाखको संख्यामा पर्यटक आउने व्यवसायीहरु बताउँछन् । भारतीय र आन्तरिक पर्यटकहरुको उपस्थिति राम्रै रहेपनि चिनियाँ पर्यटकहरुको संख्या भने पोखरामा शून्य छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



