पाेखरामा थप एक संक्रमितकाे मृत्यु

-



     सफल आवाज    
     असाेज २८ गते २०७७ मा प्रकाशित




पाेखरा, २८ असाेज । पाेखरामा बुधबार थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। मृत्युु हुनेमा स्याङ्जा भिरकाेट २ कि ५२ वर्षीया महिला हुन्।

गत असाेज २६ मा काेराेना पुष्टि भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे काेभिड १९ उपचार केन्द्रकाे अाइसियूमा राखेर उपचार गराइरहेका उनकाे बुधबार बिहान साढे ९ बजे मृत्यु भएकाे पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन अाचार्यले जानकारी दिए।

पश्चिमाञ्चल अस्पतालमा काेराेनाबाट उनीसहित १३ जना संक्रमितकाे ज्यान गइसकेकाेे छ।

यस्तै , तनहुँकाे भिमाद ६ घर भएका एकै परिवारका ३ जनाकाे चितवन र काठमाडौमा मृत्यु भएकाे छ।

मृत्युु हुनेमा ९८, ७५ र ७२ वर्षका पुरूष हुन्। उनीहरूकाे यसै साता काेराेनाबाट मृत्युु भएकाे हाे । पाेखरामा मंगलबार मात्रै लमजुङका एक संक्रमित पुरूषकाे उपचार क्रममा मृत्यु भएको थियाे।

याे सहित गण्डकी प्रदेशमा ४५ जना काेराेना संक्रमितकाे मृत्यु भैसकेकाे छ।

प्रदेशमा पछिल्लो समय काेराेना संक्रमित दर बढ्दाे छ । हाल ५१ सय ३१ जना संक्रमित छन्।