लाभांश पारित गर्न नेपाल लाइफले बोलायो साधारण सभा

-



     सफल आवाज    
     कार्तिक ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ कात्तिक । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । आगामी मंसिर ८ बजे बोलाइएको कम्पनीको २२औं साधारणसभामा लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा रहेको कम्पनीले जनाएको छ ।

उक्त साधारणसभा आगामी मंसिर ८ गते विरगञ्जको होटल विशुवा बिहान ९ बजे शुरु हुने कम्पनीको भनाइ छ । साधारणसभाले सभाले चुक्ता पुँजीको १५.७८ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा रहेको छ ।

यसबाहेक कम्पनीको वार्षिक कार्य प्रगति प्रतिवेदन, वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने बताइएको छ ।

साधारण सभाका लागि कम्पनीले कात्तिक १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस हिसाबले कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भएर कायम सेयरधनीहरु इन्स्योरेन्सको साधारण सभामा सहभागी हुन जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य मानिनेछ ।