बेलायती पूर्व प्रधानमन्त्री जोन्सन स्वदेश फिर्ता

-



     सफल आवाज    
     कार्तिक ६ गते २०७९ मा प्रकाशित



लण्डन, ६ कात्तिक । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन लेबर पार्टीको नेतृत्वका लागि औपचारिक प्रयास सुरु गर्न क्यारेबियन क्षेत्रको भ्रमण कटौती गर शनिबार बेलायत आइपुगेका छन् । बेलायती सञ्चारमाध्यममा अनुसार गत जुलाई ७ मा प्रधानमन्त्री जोन्‍सनका मन्त्रीहरूले एकपछि अर्को गर्दै राजीनामा दिएपछि प्रधानमन्त्री जोन्सनले राजीनामा दिन बाध्य भएका थिए ।

जोन्सनले अब प्रधानमन्त्रीको दौडमा भाग लिने इच्छा व्यक्त गर्दै आफू यसका लागि तयार रहेको बताएका छन् । उनको क्याबिनेटमा रहेका पूर्व अर्थमन्त्री ऋषि सुनकले पनि टोरी र बेलायती प्रधानमन्त्रीपदका लागि १ सयभन्दा बढी मनोनयन प्राप्त गरेका थिए ।

प्रधानमन्त्री लिज ट्रसको राजीनामापछि पार्टी नेताका लागि १ सय मनोनयनको थ्रेसहोल्डमा पुग्ने सुनक शुक्रबार अबेर टोरी नेतृत्वका पहिलो दाबेदार बनेका छन् । पछिल्लो नेतृत्वको प्रतिस्पर्धामा ट्रससँग पराजित भएका सुनकलाई बेलायतको प्रधानमन्त्रीको दौडमा प्रवेश गर्न कन्जरभेटिभ पार्टीका कम्तीमा १ सय सांसदको समर्थन प्राप्त भएको थियो ।

बेलायती प्रधानमन्त्री लिज ट्रसले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि यो एउटा महत्वपूर्ण घटनाक्रम हो । राजीनामाले देशलाई राजनीतिक उथलपुथलमा फसाएको छ र स्थिर सरकारको खोजी गरेको छ किनकि विपक्षीहरूले आम चुनावको आफ्नो माग दोहोर्याएका छन् ।

हाउस अफ कमन्सकी टोरी नेतृ पेनी मोर्डाउन्टले पनि शुक्रबार आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको थियो । ‘नयाँ सुरुवात, एकताबद्ध पार्टी र राष्ट्रिय हितमा नेतृत्व चाहने सहकर्मीहरूको समर्थनबाट म उत्साहित भएको छु,’ मोर्डाउन्टले ट्वीटरमा लेख्नुभएको छ ।

टोरी सांसदहरूले सोमबार मतदान गर्नेछन्, र दुई उम्मेदवारहरू टोरी सदस्यताको लागि अगाडि राखिनेछन् । नतिजा २८ अक्टोबर घोषिणा हुनेछ । पदबाट राजीनामा दिएपछि ट्रस सबैभन्दा छोटो समय सेवा गर्ने बेलायती प्रधानमन्त्री बनेकी छिन् । उनले आफू निर्वाचित भएको जनादेश पूरा गर्न नसक्ने बताउँदै राजीनामा दिएकी हुन् ।

ट्रसले आगामी साताभित्र नयाँ नेतृत्व चयनका लागि आफूले राजीनामा दिने घोषणा गरेपछि पार्टी नेता चयन र प्रधानमन्त्रीको नेतृत्व चयनको प्रक्रिया सुरू भएको हो  ।

बेलायती अर्थमन्त्री क्वासी क्वार्टेङले घोषणा गरेको आर्थिक नीतिका कारण बेलायती अर्थतन्त्रमा प्रभाव देखिन थालेपछि ट्रसले बर्खास्त गरेकी थिइन् । गृहमन्त्री सुएला ब्रेभरम्यानले राजीनामा दिएपछि ट्रसले राजीनामा दिएकी थिएन् । गत महिना बोरिस जोन्सनको उत्तराधिकारी बनेपछि लिज ४५ दिनका लागि मात्र सत्तामा रहेकी थिइन् ।