नेपालमा थपिए २६३८ कोरोना संक्रमित, २१७४ निको

-



     सफल आवाज    
     असाेज २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ असोज । नेपालमा आइतबार २ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार देशभरमा १३ हजार ९ सय ४७ परीक्षणमा थप २ हजार ६ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ७४ जना निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ८० हजार ९ सय ५४ पुगेको छ ।

काठमाडौं उपत्यकामा १ हजार ४सय ३ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौं जिल्लामा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ जना रहेका छन् ।

यस्तै कुल संक्रमितमध्ये गएको २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । मंगलबारमात्र १८ जनाको मृत्यु भएको थियो । हालसम्म कुल ६ सय ७५ जनाको मृत्यु भैसकेको छ ।