प्रदेश १, मधेश र पहाडी भागमा आंशिक बदली, बाँकी भागमा मौसम सफा 

-



     सफल आवाज    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

पूर्वि नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र “सित्रङ्ग” को अप्रत्यक्ष आंशिक प्रभाव रहेको छ । हाल प्रदेश १ र मधेश प्रदेश लगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहेको छ ।

कार्तिक ७ गते सोमबार

दिउँसो प्रदेश १ र मधेश प्रदेश लगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १ र मधेश प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने भएकाे छ ।

कार्तिक ८ गते मंगलबार

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बागमती प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ९ गते बुधबार

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।