
जकार्ता, १२ कात्तिक । विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने बहुपक्षीय अन्तरसरकारी मञ्च जी ट्वेन्टीका स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवम् सहकार्य गर्न आह्वान गरेका छन् ।
कोभिड–१९ पछि सबैभन्दा धेरैको ज्यान लिएको सङ्क्रामक क्षयरोगको नियन्त्रण तथा निवारणका क्षेत्रमा काम गर्न पर्याप्त लगानी आवश्यक भएकाले रकम जुटाउन उनीहरूले आग्रह गरेका हुन् ।
सदस्य देशका स्वास्थ्यमन्त्रीको बालीमा सम्पन्न बैठकपछि उक्त आह्वान गर्दै उनीहरूले प्राप्त हुने रकम सामूहिक प्रयासमा क्षयरोगको औषधि बढीभन्दा बढी उत्पादन गर्ने तथा त्यसविरुद्धको खोप उत्पादनमा उपयोग गरिने बताएका छन् ।
सन् २०३० सम्ममा विश्वबाट क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न जी ट्वेन्टीको प्रयासले सार्थक हुने अपेक्षा गरिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




