गुडविल फाइनान्सकाे नाफा र प्रतिसेयर आम्दानी घट्याे

-



     सफल आवाज    
     कार्तिक १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ कार्तिक । गुडविल फाइनान्सकाे यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको सार्वजनिक भएकाे छ । फाइनान्सकाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार गएकाे वर्षकाेभन्दा यसपटक फाइनान्सको खुद नाफा र प्रतिसेयर आम्दानी घटेकाे देखिन्छ।

यस अवधिमा फाइनान्सकाे खुद नाफा ३ करोड ८४ लाख २३ हजार रुपैयाँ रहेकाे छ। यो नाफा गएकाे वर्षको सोही अवधिको भन्दा ४६.०३ प्रतिशतले घटी हो। गएकाे फाइनान्सकाे नाफा ७ करोड ११ लाख रुपैयाँ थियो।

फाइनान्सकाे खुद ब्याज आम्दानीमा बृद्धि भएपनि नाेक्सानी शुल्क बढेकाे, खुद फि तथा कमिशन आम्दानी घटेकाेले खुद नाफामा कमि भएकाे हो।

फाइनान्सको खुद ब्याज आम्दानी ५.०२ प्रतिशतले बढेको छ । खुद फि र कमिसन आम्दानीमा ३८.३३ प्रतिशतले घटेको छ भने नाेक्सानी शुल्क १ करोड ७३ लाख रुपैयाँबाट बढेर ४ करोड ७० लाख रुपैयाँ पुगेकाे छ । याेसँगै सञ्चालन मुनाफा ४४.३६ प्रतिशतले घटेको छ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८५ पैसा घटेर १६ रुपैयाँ २४ पैसा रहेकाे छ । असोज मसान्तसम्म फाइनान्सको मूल्य आम्दानी रेसियाे २७.४ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ८३ पैसा रहेको छ।

फाइनान्सको चुक्ता पूँजी स्थिर रहेको छ । जगेडा कोषमा ३६.१७ प्रतिशतले घटेको छ। फाइनान्सको निक्षेप ३.०४ प्रतिशत र कर्जामा २.३८ प्रतिशतले बढेको छ।