‘सानिमा ग्रोथ फण्ड’ आजदेखि निष्कासन तथा बिक्री खुल्ला

-



     सफल आवाज    
     कार्तिक १६ गते २०७९ मा प्रकाशित



काठमाडाै‌, १६ कार्तिक । सानिमा क्यापिटलले आजबाट सानिमा ग्रोथ फण्ड बिक्रीमा ल्याएकाे छ । याे फण्ड एक बन्दमुखि याेजना हाे । यसकाे सञ्चालन सानिमा म्यचुअल फण्ड अन्तर्गत हुन्छ।

क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ दरको १२ करोड इकाईबाट कम्तिमा १ करोड ५६ लाख वा कुल बिक्री भएको इकाईको न्यूनतम १३ प्रतिशत कोषकाे प्रबर्धक रहेकाे सानिमा बैंकका लागि रहेकाे छ ।

यसमा २ प्रतिशतले हुने २४ लाख इकाई योजना व्यवस्थापक रहेकाे सानिमा क्यापिटल लिमिटेडका लागि रहेकाे छ। फण्डमा लगानी गर्न चाहने लगानीकर्ताले १० करोड २० लाख इकाईका लागि आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले घटीमा १०० इकाई तथा बढीमा १ करोड २० लाख इकाईका लागि आवेदन दिन पाउनेछन्। यसका लागि लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिने मिति ताेकिएकाे छ । ताेकिएकाे मितिसम्म माग बमाेजिमकाे आवेदन नपरेकाे खण्डमा कात्तिक ३० गतेसम्म आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र शाखाहरुबाट आवेदन दिन पाउनेछन् । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।