अरब लिग शिखर सम्मेलनमा चीनका राष्ट्रपति सिद्वारा बधाई

-



     सफल आवाज    
     कार्तिक १६ गते २०७९ मा प्रकाशित



बेइजिङ, १६ कात्तिक । चीनका राष्ट्रपति सी चिनफिङले मङ्गलबार अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबोनोलाई अरब लिग शिखर सम्मेलनको बधाई दिएका छन् । अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्स्मा सुरु भएको छ ।

अरब लिगको ३१ औँ शिखर सम्मेलन अवसरमा सिले बधाई सन्देश पठाएका हुन्। अरब लिगले मध्यपूर्वमा शान्ति र स्थायित्व कायम गर्दै बहुपक्षीयता र विकासोन्मुख देशहरूको साझा हितको रक्षाका लागि निरन्तर प्रयास गरिरहेको उनले बताए।

चिनियाँ राष्ट्रपतिले अरब देशहरुबीचको ऐक्यबद्धतालाई सुदृढ गर्न अल्जेरियाको दीर्घकालीन प्रतिबद्धता, विकासशील देशहरुको वैधानिक अधिकार र हितको रक्षा गर्नको लागि सक्रिय भूमिकाको प्रशंसा गरेका छन् । ट्युनिसियाका राष्ट्रपति काइस साइदले अरब लिगको अध्यक्षता गरिरहेका थिए ।

मङ्गलबार साँझ अल्जियर्स्मा सो सम्मेलन सुरु भएपछि त्यसको अध्यक्षता उनले अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबेनोलाई हस्तान्तरण गरे।