
काठमाडौं, १७ । युनिलिभर नेपाल लिमिटेडले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रतिकित्ता १ हजार २१५ रुपैयाँ लाभांश दिने निर्णय गरेको हो । यो लाभांश पाँच वर्षयताकै सर्वाधिक भएको बताइएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम सेयरधनीहरुलाई नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो । यसरी प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीको खातामा आउने जनाइएको छ ।
साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले आगामी मंसिर ४ देखि २० गतेसम्म बुक क्लोजको मिति तोकेको छ । यस हिसाबले आगामी मंसिर ३ गतेसम्म कायम सेयरधनीहरु मात्र प्रस्तावित लाभांशका लागि योग्य हुनेछन् ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



