बाराही हाइड्रोकाे सेयरमा आवेदन दिने म्याद कार्तिक २५ सम्म

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ कार्तिक । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्रीमा ल्याएकाे सेयरमा आवेदन दिने म्याद लम्बिएकाे छ ।

कम्पनीले कात्तिक ४ गतेदेखि बिक्रीमा ल्याएकाे सेयरमा आवेदन दिने म्याद लम्ब्याएपछि अब कार्तिक २५ गतेसम्म आवेदन दिन सकिने भएकाे हाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेको हाे ।

प्रतिकित्ता रुपैयाँ १०० अंकित दरकाे २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरिएकाे छ । सेयरमा दागनीका लागि बाग्लुङ्गकाे जैमिनी नगरपालिकाका वडा नं. १, ४ र ५ साविकका कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका र अन्य वडाका जनताले आवेदन दिन पाउनेछन्।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्ता माग गर्न सक्नेछन् । उनीहरुले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहालेमा रहेकाे शाखा तथा गरिमा विकास बैंकको ट्राफिक चोकमा रहेकाे शाखाबाट आवेदन दिन पाउनेछन्।

यस्तै लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।