
काठमाडौं, १८ कात्तिक । नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई कारागार चलान गर्न आदेश भएको छ । जिल्ला अदालत, काठमाडौंले आज शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि कारागारमा पठाउन आदेश दिएको हो । आदेश आएलगत्तै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
लामिछानेले गत भदौ ५ गते होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको भन्दै भदौ २१ गते उनीविरुद्ध प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो । जाहेरीपछि जाहेरीवाला किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको थियो ।
आरोपित लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका रहेका कारण पक्राउ पुर्जी जारी भएपछि उनलाई क्यानले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो । लमिछानेले आफूमाथि लागेको आरोप निराधार रहेको र नेपाल फर्केर त्यसको प्रतिवाद गर्ने बताएका थिए । उनलाई गत असोज २० गते अमेरिकाबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो ।
उनीमाथिको मुद्दामा कात्तिक १५ गतेबाट थुनछेक बहस शुरु भएको थियो । पटक पटक म्याद थपेर अनुसन्धान बयान लिँदै अनुसन्धान गर्दा पनि आरोपित लामिछानेले आफू सँगै होटलमा बसेको तर जबरजस्ती करणी नगरेको बयान दिँदै आएका थिए । उनले आफू किशोरीकै आग्रहमा नगरकोट गएको बताउँदै आएका छन् । उता पीडित भनिएकी जाहेरीवाला किशोरीले भने आफूलाई लामिछानेले भेट्न बोलाएको, नगरकोट लगेको र फर्कँदा होटलमा राखेर २ पटक बलात्कार गरेको बताउँदै आएकी थिइन् ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



