
पाेखरा, २९ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ५६ पुगेको छ ।
बिहिबारमात्र १ सय ६९ संक्रमित थपिए। याे संख्या एकै दिनमा संक्रमण पुष्टि हुने अहिलेसम्मकै उच्च हाे ।
प्रदेश स्वास्थ्य निर्देशनालय, पाेखराका अनुसार गएकाे २४ घण्टामा पाेखरामा ६ सय ७३ जनाकाे परीक्षण भएकाेमा १ सय ६९ संक्रमित पहिचान भएका हुन्। प्रदेशमा सक्रिय संक्रमित भने १ हजार ८ सय २१ जना छन्। कास्कीमा मात्रै ७ सय ११ सक्रिय संक्रमित रहेका छन्।
कुल संक्रमितमध्ये बिहिबार १८ जना निकाेसँगै कुल निकाे हुने संख्या ३ हजार ४ सय ८८ पुगेकाे छ। बिहिबार थप १ जना काेेराेना संक्रमितकाे मृत्यु भयाे भने प्रदेशका कुल ४७ काेराेना संक्रमितकाे मृत्यु भैसकेकाे निर्देशक डा विनाेदबिन्दु शर्माले जानकारी दिए।
बिहिबार सबैभन्दा बढी नवलपुर जिल्लामा ५८ जना थपिए । त्यस्तै बागलुङमा ५१, कास्की ३५, तनहुँ ११, गाेरखा ७, म्याग्दी ४ र लमजुङ ३ जना छन्।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




