
पोखरा, २० कात्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन स्टेशन बनाइने भएको छ । उक्त विमानस्थलमा ६७ करोड २९ लाख ८१ हजार ५ सय २० रुपैयाँको लागतमा हवाई इन्धन भण्डार बनाइने भएको नेपाल आयल निगमले जनाएको छ ।
यो विमानस्थल आगामी सन् २०२३ को जनवरीदेखि सञ्चालनमा ल्याउने योजना भए पनि विमानस्थल सञ्चालनमा रहेको अवरोध समयमा हट्ने अवस्था नहुँदा विमानस्थल जनवरीदेखि सञ्चालनमा नआउने पक्का भएको छ । स्थानीय व्यवसायी तथा पर्यटनसँग सम्बद्ध संस्थाहरुले भने विमानस्थलले आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले यथाशक्य छिटो सञ्चालनमा ल्याउन माग गर्दै आएका छन् ।
नजिकै रहेको रिठेपानी डाँडा र महानगरपालिकाको ल्यान्डफिल्ड साइटका कारण यो विमानस्थल सञ्चालनमा ढिलाई हुन पुगेको हो । रिठेपानी डाँडा कटानीको विषय भने अब लगभग अन्त्य हुने चरणमा बताइएको छ । डाँडा कटानीका लागि नेपाल नागिरक उड्डयन प्राधिकरणले कम्पनी छनोटको काम अन्तिम चरणमा पुर्याएको छ ।
केही दिनमा डाँडा कटानीका लागि कम्पनी छनोटसँगै पहिलो चरणमा विमानस्थलमा क्यालिब्रेसन उडानका लागि आवश्यक पर्ने १४ मिटर डाँडा कटानी हुने क्यानको भनाइ छ । अर्को समस्याका रुपमा रहेको पोखरा महानगरपालिकाको ल्यान्डफिल साइट स्थानान्तरणका लागि १० करोड रुपैयाँ बजेटसमेत विनियोजन गरिसकिएको छ । तर काम भने अगाडि बढ्न सकेको छैन । यसले गर्दा डाँडा कटानी गरे पनि विमानस्थल समयमै सञ्चालन आउन सक्ने अवस्था छैन ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



