
काठमाडौं, २१ कात्तिक । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो टाइल्स कम्पनी स्थापना हुने भएको छ । भारतीय टाइल्स कम्पनी कजारिया सेरामिक्सले नेपालमा हालसम्मकै ठूलो टाइल्स उत्पादन कम्पनी स्थापना गर्ने भएको हो ।
यसका लागि कजारिया सेरामिक्सले नेपालको व्यापारिक समूह रमेश कर्प सँग नेपालमा ठूलो टायल्स सम्झौता गरेको छ । यो सम्झौता अनुसार कजारियाले नेपालमा ४ अर्ब रुपैयाँ लगानी गर्नेछ । यसबाट नेपालमा हालसम्मकै सबैभन्दा ठूलो टाइल्स उत्पादन कम्पनीको स्थापना गरिनेछ ।
सम्झौतापत्रमा रमेश कर्पका तर्फबाट कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्सका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले हस्ताक्षर गरेका छन् । यसरी स्थापना हुने कम्पनीको वार्षिक उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुने बताइएको छ ।
यी दुई कम्पनीबीच भएको सम्झौता अनुसार उद्योगमा दुवै कम्पनीको लगानी आधा आधा हुनेछ । नयाँ बन्ने कारखानाका लागि दुवै कम्पनीले आधा आधा मिलाएर जम्मा ४ अर्ब रुपैयाँ लगानी गर्नेछन् भने यसमा सेरामिक्स र भिट्रिफाइड टाइल उत्पादन हुनेछ ।
आगामी सन् २०२३ को अन्त्यसम्ममा उद्योग सञ्चालनमा ल्याइने र यो उद्योग भविष्यमा निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना हुन लागेको बताइएको छ ।
कजारिया सेरामिक्सका संयुक्त प्रबन्ध निर्देशक कजारियाको भनाइमा नेपाल आफ्ना लागि सधैँ महत्वपूर्ण बजार भएको र कजारियाका उत्पादन यहाँ दुई दशकभन्दा बढी समयदेखि बिक्री वितरण भइरहेको छ । कारखाना स्थापनाले नेपालको बजारमा आफ्नो उपस्थिति अझ बलियो बनाउने उनको विश्वास छ ।
यसैगरी रमेश कर्पका कार्यकारी निर्देशक जलान नयाँ स्थापना हुने उद्योगले देशमा रोजगारी सृजना गर्न महत्वपूर्ण टेवा पुर्याउने बताए । साथै यो उद्योगबाट उत्पादित विश्वस्तरीय टायल्स र अन्य उत्पादनहरु देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुने उनको दावी थियो । रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ताले यो आयोजनाको सुरुवातले नेपाली अर्थतन्त्र थप बलियो बन्नुका साथै मुलुकमा ठूलो लगानीको वातावरण सिर्जना हुने विचार व्यक्त गरे ।






काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



