
काठमाडौं, २१ कात्तिक । बीमा समिति बीमा प्राधिकरणमा परिणत हुने भएको छ । नयाँ बीमा ऐन २०७९ अनुसार बीमा समिति सञ्चालक समितिको बैठकद्वारा भोलि कात्तिक २२ गते मंगलबारदेखि बीमा समितिलाई प्राधिकरणमा परिणत गर्ने निर्णय गरिएको हो ।
बीमा ऐन २०७९ अनुसार बीमा प्रधिकरण बनेपछि हालकै सञ्चालक समितिले निरन्तरता पाउनेछ । बीमा समितिको अध्यक्ष तथा सदस्य ऐन प्रारम्भ भएपछि स्वतः प्राधिकरणको अध्यक्ष र सदस्य हुने र निजको आफ्नो कार्यकालसम्म सो पदमा बहाल रहन सक्ने ऐनमा व्यवस्था रहेको छ ।
उक्त ऐन अनुसार बीमा व्यवसायको नियमनकारी निकायको रुपमा नेपाल बीमा प्राधिकरणको स्थापना भएको हो । प्राधिकरणको केन्द्रिय कार्यालय काठमाडौं उपत्यमा रहने र आवश्यकता अनुसार नेपाल भित्र वा बाहिर जुनसुकै स्थानमा आफ्नो कार्यालय खोल्न सकिने व्यवस्था रहेको छ ।
प्राधिकरण अविच्छिन्न उत्तराधिकारवाला एक स्वाशासित संगठित संस्था हुने र कानूनी व्यक्तित्व प्राप्त गर्नेछ । साथै प्राधिकरणले कानूनी व्यक्तिको हैसियतले प्रचलित कानुन बमोजिम अधिकारको प्रयोग कर्तव्यको पालना र दायित्व निर्वाह गर्ने ऐनमा उल्लेख छ ।
बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित,नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्न, बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन एवं बीमा व्यवसायको प्रभावकारी रुपमा नियमन गरि बीमितको हक हित संरक्षण गर्नको लागि बीमा सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन ऐन बनाइएको हो ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



