
पोखरा, २२ कार्तिक । गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरिएकाे छ । आज मंगलबार बर्खास्तमा परेका प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यले बेथितिहरुका बारेमा कुरा उठाईरहेको कारण, रिजर्वेशनका जनपक्षिय मुद्धाहरुलाई स्वाभिमानका साथ उठाएको मन नपराएहरुले आफुलाई पदबाट बर्खास्त गर्ने खेल खेलेको बताएका छन् ।
मैले सहर्ष त्याग गरेर गोरखा १ (१) मा उम्मेदवार हुने रुचि हुँदाहुँदै दिएकाे स्वतन्त्र उम्मेदवारी फिर्ता लिएर सघाएकोमा उल्टै गठबन्धन विरुद्धका मान्छेलाई सघाएको आरोप लगाए जाे सरासर झुटो रहेको सफल आवाजलाई बताए । उनले भने, उसै त एक महिनामा स्वत: जाने हाे । के काे हतार गरेकाे हाेला हटाउन । यहि कारणले मलाई बरु बलियाे बनाएकाे छ । अब बेसरी खुलेर बाेल्छु ।
प्रष्ट कारण थाहा भएन किन यस्तो खेल खेले ? न मैले एमालेलाई भोट भागे न अन्यलाई वा घन्टीलाई भोट मागे बरु मैले त उम्मेदवारी फिर्ता लिएर सघाएको हो । उनले भने जसले जेजे गरे गलत काम गरेका छन् ।
मलाई मन्त्रीबाट बर्खास्त गरिएकोमा कुनै दुःख छैन । म बुधबार हाँसिखुसिका साथ मन्त्रालयबाट बिदाई भएर जान्छु । तर बेथिति र बिसंगतीका विरुद्ध अँझ सक्रिय भएर बोल्छु । अब मलाई त उनीहरुले झन् सजिलो बनाई दिए । त्यो के भने म चाहेको उम्मेदवारको पक्षमा खुलेर प्रचार गर्न सक्छु अब मलाई कसैले रोक्न सक्दैन ।

उर्जा मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै राखे
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश मन्त्रीपरिषद्कोे हेरफेर गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उर्जा मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेपछि जिम्मेवारी हेरफेर गरिएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्रीको सिफारीसमा कार्यविभाजन तोकएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चण्डिप्रसाद अर्यालले एक सूचना जारी गर्दै रीक्त रहेको उर्जा मन्त्रीको जिम्मेवारी मुख्यमन्त्री पोखरेलले नै लिएको जनाएका छन् ।
गोरखा जिल्लामा गठबन्धनका उम्मेदवार विरुद्ध भोट मागेको आरोप लागेपछि आचार्यलाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारीबाट मुक्त गरिएको हो ।
गण्डकी प्रदेशको ११ सदस्यीय मन्त्रीपरिषदमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको भाग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् र मंगलबार थपिएको उजा, जलश्रोत तथा खानेपानी मन्त्रालय रहेको छ ।
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रीमा कुमार खड्का, अर्थमा रामजी वराल, युवा तथा खेलकुदमा राजिव गुरुङ, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्मा, शिक्ष, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रीमा मेखलाल श्रेष्ठ रहेका छन् ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मधु अधिकारी गुरुङ, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रीमा चन्द्र बहादुर बुढा, कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रीमा विन्दु कुमार थापा, वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा दिपक थापा र आन्तरिक मामिला मन्त्रीमा डोबाटे विश्वकर्मा रहेका छन् ।
आचार्य २०७४ सालको निर्वाचनमा गोरखा क्षेत्र नं १ १ बाट नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका थिए । आचार्य पुनः यसपटकको निर्वाचनमा उम्मेदवार हुन चाहेका थिए । उनको सो क्षेत्रमा समाजवादीबाट फणिन्द्र देवकोटाले टिकट पाएका छन् । उनले हँसिया हतौडा चुनाव चिन्ह लिएर चुनावमा होमिएका छन् ।
सोहि विषयमा असन्तुष्ट रहेका आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए । डा. बाबुराम भट्टराई लगायतका नेताहरुको चर्को दवाव परेपछि उनले उम्मे्दवारी फिर्ता लिएका थिए ।
उम्मेदवारी फिर्ता लिएपछि सत्ता गठबन्धनको पक्षमा नलागेको र सहयोग पनि नगरेको आरोप लगाउँदै उनको बारेको रिपोर्टिङ प्रचण्ड, बाबुराम भट्टराई र प्रधानमन्त्री शेरबहादुर देउवासंग पुर्याइएर मुख्यमन्त्री पोखरेल मार्फत बर्खास्तमा परेका हुन् ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



