
काठमाडौं, २३ कार्तिक । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आजदेखि खुलामुखी म्युचुअल फण्ड ‘नबिल फ्लेक्सी क्याप फण्ड’ निष्काशन गरेकाे छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने साे फण्ड निष्काशन गरेकाे हो।
प्रतिइकाई १० रुपैयाँ दरको ७ करोड इकाईबाट घटीमा १ करोड १२ लाख इकाई कोष प्रबर्धकका तथा र फण्डकाे व्यवस्थापकका लागि रहेकाे छ।
यसबाट कोष प्रबर्धक र योजना व्यवस्थापकका लागि १४ प्रतिशत रहेको छ। बाँकी रहेकाे ६ करोड ३७ लाख ५० हजार इकाई निष्काशन गरिएकाे हाे। सर्वसाधारणका लागि पहिलो चरणमा ५ करोड इकाई निष्काशन गरिएकाे छ ।
लगानीकर्ताले इकाई खरिदका लागि कात्तिक २७ गतेसम्म आवेदन दिन पाउने छन् । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ। इकाई लागि लगानीकर्ताले घटीमा १०० तथा बढीमा ७५ लाख इकाईका लागि आवेदन दिन पाउनेछन्।
फण्डमा लगानीका लागि सेबाेनबाट अनुमति लिएका सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र शाखाबाट आवेदन दिन पाइने भएकाे छ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



