
काठमाडौं, २४ कात्तिक । राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग निक्षेपकर्तालाई दिइएको ब्याजको विवरण माग गरेको छ । बैंकहरुले निक्षेप बढाउन संस्थागत बचतकर्तालाई बढी ब्याज दिएको चर्चा चलेपछि नियामक संस्था केन्द्रीय बैंकले पत्र काटेर यस्तो विवरण बुझाउन भनेको हो ।
राष्ट्र बैंकले कुन संस्थागत निक्षेपकर्ताले कसरी कुन दरमा ब्याज पाइरहेका छन् भन्ने स्पष्ट हुनेगरी विवरण बझाउन माग गरेको हो । नियामक संस्थाका हिसाबले केन्द्रीय बैंकले यसअघि पनि रेमिटेन्स खातामा दुरुपयोग भएकोबारे विवरण माग गरेको थियो ।
संस्थागत मुद्दति निक्षेपमा साधारण मुद्दतिको भन्दा दुई प्रतिशत बिन्दु कम ब्याज हुनुपर्ने प्रावधान छ । तर बोलकबोलवाला निक्षेपमा भने बैंकहरुले बढिमा ०.५० प्रतिशत बिन्दु ब्याज दिन सक्ने व्यवस्था गरिएको छ ।
पछिल्लो पटक अद्यावधिक भए अनुसार हाल साधारण मुद्दतिमा १२.१३३ प्रतिशत तथा संस्थागत निक्षेपकर्ताको हकमा १०.१३३ प्रतिशत ब्याज दर रहेको छ । बोलकबोल गर्दा ०.५० प्रतिशत थपेर बैंकहरुले बढिमा १०.६३३ प्रतिशतसम्म ब्याज दिन सक्नेमा योभन्दा बढी ब्याज दिइरहेका पाइएकाले यस्तो निर्देशन जारी गर्नुपरेको केन्द्रीय बैंकको भनाइ छ ।
बैंकहरुले बदमाशी गरेको बारे सुरुमा बैंकर्स संघ र पछि राष्ट्र बैंकमा उजुरी परेको थियो । त्यतिबेला भने केन्द्रीय बैंकले बैंकर्स संघमार्फत ब्याजमा मनपरी नगर्न मौखिक निर्देशन मात्र जारी गरेको थियो । तर यस्तो प्रवृत्ति कायमै रहेकाले लिखित रुपमा पत्र काटेर निर्देशन दिनुपरेको बुझिएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



