
काठमाडौं, २५ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चन्द्रागिरी हिल्स लिमिटेडको खुद नाफामा वृद्धि भएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो आँकडा देखाएको छ ।
सार्वजनिक भएको विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । यस हिसाबले गत वर्ष ऋणात्मक रहेको कम्पनीको नाफा यो अवधिमा भने धनात्मकतर्फ गएको देखिएको छ ।
यसरी चालु आर्थिक वर्षको शुरुवाती ३ महिनामा कम्पनीको खुद नाफा धनात्मकतर्फ जान सफल हुनुमा सञ्चालन आम्दानीमा आएको बढोत्तरीको भूमिका महत्वपूर्ण रहेको बुझिएको छ । यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६९.२० प्रतिशत बढेको । यसबाहेक कुल आम्दानीमा पनि ८७.१७ प्रतिशतले वृद्धि भएको पाइएको छ । कम्पनीको अन्य आम्दानीमा भने २५८.६७ प्रतिशतले वृद्धि भएको छ ।
नाफासँगै कम्पनीको प्रति सेयर आम्दानी अर्थात् ईपीएस पनि बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ६ रुपैयाँ १९ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको ईपीएस चालु आर्थिक वर्षको सोही अवधिसम्म बढेर ३ रुपैयाँ ४२ पैसा धनात्मकतर्फ गएको पाइएको छ । यसैगरी समीक्षा अवधिसम्म कम्पनीको प्रति सेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको विवरणले देखाएको छ ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



