डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्चको आदेश

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित



काठमाडौँ, २८ कात्तिक । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ । सर्वोच्च अदालतले आज डा। कार्कीको उम्मेदवारी कायम रहने आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।

मेडिकल काउन्सिलको सदस्य हुनु लाभको पद नभएको र यसबारे उम्मेदवारी दर्ता गराउनुअघि नै मेडिकल काउन्सिल र आयोगमा सोधपूछ गरेको बताउँदै आयोगको निर्णयविरुद्ध डा कार्की सर्वोच्च अदालत पुगेकी थिइन् । उनको निवेदनमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको थियो ।

निर्वाचन आयोग त्यसपछि कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै सर्वोच्च पुगेको थियो । आयोगको सोही निवदेनमाथि सुनुवाइ गर्दै आज सोमबार सर्वोच्च अदालतले पुरानै आदेशलाई निरन्तरता दिने आदेश गरेको सर्वोच्च अदालत स्रोतले बताएको छ ।