
कास्की, २८ कात्तिक । नक्कली सुन धितो राखेर बैंकबाट २४ लाख कर्जा लिएर साँवा ब्याज नबुझाउने एक जनालाई प्रहरीले पोखराबाट पक्राऊ गरेको छ ।
पक्राऊ पर्नेमा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ स्थायी घर भएर हाल कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं १८ सराङकोट बस्ने २५ वर्षीय अभिसेक सुनार रहेको प्रहरीले जनाएको छ । उनले विभिन्न मितिमा विभिन्न खालका नक्कली सुनका गरगहनाहरू धितोमा राखेर बिरौटामा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार तथा पृथ्वीचोकमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ७ लाख ४५ हजार गरी २४ लाख ५ हजार कर्जा लिएर लामो समय साँवा ब्याज बुझाउन नगएको प्रहरीले जनाएको छ ।
बैंकले शंका लागेर सुनारले धितोमा राखेको गरगहना चेक गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको गरगहना रहेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राऊ गरेको हो । प्रहरीका अनुसार पक्राऊ परेका सुनारलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



