निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

-



     सफल आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ कात्तिक । सरकारले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्था/विद्यालयहरुमा आगामी मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्तिमार्फत् यो सूचना आधिकारिक रुपमा सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार निर्वाचनकै लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुलाई भने आगामी मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ ।  

यसअघि त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरुका लागि आगामी मंसिर १ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिइसकेको छ । अन्य शिक्षण संस्था तथा सरकारी कार्यालय र सार्वजनिक निकायहरु बिदाका बारे अन्योलमा रहेको बेला मन्त्रालयले सबैलाई समेटेर सार्वजनिक सूचना जारी गरेको हो ।