बर्खास्तीकाे कारण प्रमाणित नगरे सनसनी मच्चिने अडियो-भिडियो ल्याउँछु : पूर्वमन्त्री खड्का

-



     सफल आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित



पोखरा, १ मंसिर । मेरो यो अपमानजनक बर्हिगमनका बारेमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीको नियत खराब होईन भन्ने कुराको जवाफ उहाँँले प्रमाणित गरेर मलाई दिनुपर्छ । होईन भने म चुप लागेर बस्दिन ।

मलाई परेको पीडाबाट मुक्त नभई मैले छोड्नेवाला छैन । अन्याय त गर्नु भएननि । यसका बारेमा मुख्यमन्त्रीको चित्तबुझ्दो जवाफ पाईन भने म निर्वाचनपछि लगत्तै अडियो, भिडियोसहित सनसनि मच्चाउने कुरा लिएर आउँछु ।

यी माथीकाे भनाइ हालै बर्खास्तमा परेका गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका पूर्व मन्त्री कुमार खड्काकाे हाे ।

खड्काले बिहिबार पोखरामा पत्रकार सम्मेलन गरी आफुलाई थाहै नदिएर चुनाव आउन चारदिन अगाडी नै बर्खास्त गरिएको र त्यसबाट अपमानित भएको महशुस गरेको बताए । उनले भने, मेरो बर्हिगमनको बारेमा मुख्यमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुभएन भने चुनावपछि सनसनि मच्चाउने अडियो भिडियोसहित सार्वजनिक हुन्छु ।

मैले मर्ने बेलामा नेपाली कांग्रेसको झण्डा ओडेर जान्छु भनेर भनिसकेको छु । ४ दिन बाँकी थियाे मन्त्री पदमा बस्न । राजिनामा दे भनेको भए दिन्थे नि । तर किन यसो गरियो ? मलाई जवाफ चाहिन्छ, उनले भने । नेपाली कांग्रेसका नेताहरुले यो काम गरेको नभई गण्डकीका मुख्यमन्त्रीको निर्णयको कारण यसो भएको उनको भनाई थियो ।

मन्त्री रहँदाको बेलामा म कसैको प्रचारमा जान मिल्दैन मैले भनेको हो । जनताको करबाट उठेको पैसाको तलब भत्ता खाने अनि एैन कानून मान्नु पर्दैन ? बहालवाला मन्त्री रहेकोले कसैको पनि प्रचारमा गईन । अर्को कुरा निर्वाचन आयोगसँग निर्वाचन प्रचारमा जानका लागि अनुमति माग्दा त्यो पनि दिएन । अनि कानूनको पालना मान्नु पर्दैन ? उनले भने ।

अहिले त बजारमा यस्तो भएको छ कि निर्वाचन अरुलाई आएको नभई म र विन्दुकुमार थापाकोबीच चुनाव भईरहेको जस्तो पो माहोल बनेको छ । कुरा त आम चुनावका बारेमा हुनुपर्ने तर सबैको ध्यान यतातिर छ । म प्रति किन आरोप प्रत्यारोप गर्नुभएको छ मलाई थाहा छैन आश्चर्य लागिरहेको खड्काको भनाई थियो ।

समय बदलिएको छ । यो कुरा सबैले बुझ्नुपर्छ नेपाली कांग्रेसका कार्यकर्ता भएकै कारणले अब भोट पाउँदैनन् । त्यो जमाना गयो । अहिले स्वतन्त्रको लहर चलेको छ यो त सबैले देखेकै कुरा हो । हाम्रो भन्दा उनीहरुको प्रचार मज्जाले भईरहेको छ । कांग्रेस र एमालेको भन्दा बेसि चहलपहल देखिएको छ ।

मान्छे हिजोको पुरातन शैलीमा चल्दैनन् सधैं । विन्दुजी क्षेत्र नं २ २ मा मत माग्न जाँदा जनताले प्रश्न गरिरहेका उनले बताए । यो क्षेत्रमा विकास गर्ने कुमार खड्का, वडामन्त्री, विकास गर्ने मन्त्री खड्का तर भोट माग्न तपाँई आउने भनेर उहाँलाई जनताले सोधिरहेका छन् ।

मुख्यमन्त्रीसंगको चिसोपना बढेकै हो

मेरो पनि विवेक छ । जनताको सेवक हुन्छु भनेर गएको हो । कानून तोडेर प्रचारमा जान्न भनेकै हो । इमान्दार भनेर भन्ने हो भने पछिल्लो पटक मुख्यमन्त्री र म बीचमा चिसोपना आएकै हो । उहाँले गरेका निर्णयहरुमा मेरो असहमति हुँदै आएको हो । अहिले मुख्यमन्त्रीकाे संयमताका बाँधहरु फुटेको खड्काले बताए ।

आनाबश्यक बजेट मागे

मुख्यमन्त्रीले माईतीघाटमा १ सय करोडको पुलको लागि वजेट मागे । प्रदेशले यत्रो बजेटको पुल बनाउन हुँदैन भनेर मैले आवाज उठाएँ । नजिकै अर्को मोटरेबल पुल छ । यसका बारेमा मन्त्रालयमा कोहि पनि मान्न तयार थिएनन् । बरु एकसय करोडकोएउटै पुलभन्दा २० वटा पुल बनाउन मैले सुझाएको थिएँ उनले भने । यहि कुरा मुख्यमन्त्रीलाइै पाच्य भएन ।

कर बढाउनमा मुख्यमन्त्री र अर्थमन्त्रीको प्रमुख हात

कर बढेकोमा विरोध भयो । यसका बारेमा म मात्रै मुछिए र प्रहार ममाथि भयो । सरकारको प्रवक्ता भएकोले केहि कुरा त मैले नै भन्नुपर्ने थियो । बोलेपछि यसैले गरेको हो भन्ने लाग्यो र प्रहार मलाई पर्यो । तर यसमा मुख्यमन्त्री र अर्थमन्त्रीको प्रमुख हात रहेको थियो । मैले भित्र बैठकमा विरोध गरिरहेको थिएँ । अर्को एक मन्त्री र मैले त यदी यस्तो भयो भने दुबैले राजिनमाा दिने भनिसकेका थियौं ।

सनसनीपुर्ण कुराको खुलासा गर्ने दिन आउछ

एउटा प्रस्ताव क्याविनेटमा आउन लागेको संकेत पाएको खड्काले बताएका छन् । पूर्व पदाधिकारीलाई गाडी लगायतका थुप्रै सुविधा दिने कसरत भईरहेको छ । १ डेड करोड मूल्यका गाडी खरिदका लागि चुनावको आचारसंहिता सकिएसंगै त्यतातिर लाग्ने गन्ध आईरहेको पाएको छु, खड्काले भने । ति प्रस्तावमा बर्खास्तीको पनि कारण होकि भन्ने लागेको छ । निर्वाचनपछि मुख्यमन्त्रीसँग बस्छु, मलाई चित्त बुझ्ने कुराहरु उनले गरेनन् भने निर्वाचनपछि अडियो भिडियो प्रमाणसहित केही सनसनीपुर्ण कुराको खुलासा गर्ने दिन आउँछ । त्यो म गर्छु ।

मैले के अपराध गरेको थिएँ ?

हठात मलाई हटाईएको कुरा मिडियाबाट थाहा पाएँ । मलाई मेरो अपराध थाहा छैन । अभियोग के हो ? अहिलेसम्म थाहा पनि छैन । संविधानले, कांग्रेसको विधानले सफाईको मौकाको पनि कुरा गरेको छ तर त्यो पनि केहि थहा छैन । त्यसै बर्खास्त गरियो । यस्तो पनि हुन्छ ? उनले प्रश्न गरे । हल्ला सुनेपछि मैले मुख्यन्त्रीलाई फोन गरें तर उठेन । अनि शंका लाग्यो । फेरी प्रदेश प्रमुखलाई फोन गरेर बुझे अनि बल्ल आफुलाई हटाएको थाहा भयो ।

हल्लाहरु र झुटा कुराहरु आए

मलाई निकालिएको बारेमा धेरै हल्ला र झुटा कुराहरु आएका छन् । मैले केहि बोल्नै पर्ने भएको छ । आफु टिकटको दावेदारको रुपमा प्रस्तुत भएको थिएँ । कार्तिक २२ को राति बालुवाटार बसिरहेका थियौं । रातभरमा फैसला भएन । बिहान ९ बजेतिर कोहि कोहि भित्र जाने आउने गरिरहेका थिए । तर कुरो आउँदैन । कल्ले टिकट पायो पाएन नोटिस बोर्डमा लेखेर राख्दिए हुन्थ्यो त्यो पनि छैन ।

टिकट पाउने कुरा ठूलो थिएन तर अपमानजनक ढंगले हटाएकोमा असहमति हो र किन यसो गरियो यसको जवाफ मागिएको हो । अब मैले टिकट नपाएपछि निर्वाचन आचारसंहिता अनुसार प्रचारमा जान मिलेन । त्यो बेलामा म बिरामी भएको थिएँ । म कहिं पनि गईन । मलाई विन्दुजीले आरोप लगाईरहनु भएको छ । उहाँँले पत्रकार सम्मेलन गरेरै मन्त्रालय र सानो वजेट पाएको कुरा भनेकै हो, खड्काले भने । मन्त्रालय वा वजेट मैले दिने र हातमा पनि थिएन । उहाँसंग पूर्वाग्रह भएकै हो भने मन्त्री नै बनाउन हुन्न भन्थे हुँला तर त्यसो गरिन नि मैले ।

कुमार खड्काले वजेट नदिएको कारण मैले विकास गर्न पाईन भन्नु सरासर गलत हो । उहाँले ९ करोड रुपैयाँ सरकारको नियम अनुसार पाउनु भएको हो । त्यो रकमबाट उहाँले पोखरा महानगरपालिकाको एक नं क्षेत्रको वडा नं १४ मा १ करोड ४५ लाख लगाउनु भएको छ । उहाँको त्यो क्षेत्र पनि होईन । बरु उहाँको जग्गा प्लटिङ गरेको ठाउँ हो, घडेरी छन् ।

अर्को रकम अन्नपूर्ण गाउँपालिकामा २०० रोपनी जग्गामा २ करोड रुपैयाँ हाल्नु भएको छ । जहाँ उहाँका दुई साझेदार पनि रहेका छन् त्यहाँ २०० रोपनी जग्गा किन्नु भएको छ । यस्तै पर्वतमा र गगनगौंडामा रकम हाल्नु भएको छ । यस्तो अरु ठाउँ पनि छन् । म खड्काले मुख्यमन्त्रीलाई, अर्थमन्त्रीलाई थापाले संवोधन गरेर लेखेका पत्रहरु देखाउँदै भने ।

म मेरो निर्वाचन क्षेत्रमा केन्द्रीत भएँ । थापाजी बाहिर केन्दिीत हुनुभयो । अब राष्ट्रिय स्तरको नेता हुन चाहेकोले होला । खड्काले भने, म त वडा स्तरको नेता, वडा मन्त्री परे सबैले भन्छन् । मैले वजेट थोरै दिएर विकासको काम गर्न पाईएन भन्ने कुरा थापाको निराधार हो, खड्काले भने ।