
बेइजिङ, २ मङ्सिर । चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार बोस्निया र हर्जेगोभिनाको राष्ट्रपति पदका नयाँ सदस्यको रूपमा जेल्ज्का सिभिजानोभिक, जेल्ज्को कोम्सिक र डेनिस बेसिरोभिकलाई बधाइ ज्ञापन गरेका छन् ।
आफ्नो सन्देशमा राष्ट्रपति सीले हालैका वर्षहरूमा चीन र बोस्निया र हर्जेगोभिनाको बीचको सम्बन्ध ठोस तरिकाले राजनीतिक एवं पारस्परिक विश्वासका साथ अगाडि बढेको र विभिन्न क्षेत्रमा फलदायी रहेको बताएका छन्। उनले साथै सम्बन्ध व्यावहारिक ढङ्गले नै विकसित भएको उल्लेख गरे।
राष्ट्रपति सीले चीन र बोस्निया र हर्जेगोभिना बीचको सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको र दुई देशबीचको परम्परागत मित्रता र पारस्परिक लाभकारी सहयोगलाई अझ गहिरो बनाउन द्विपक्षीय सम्बन्धलाई उच्च स्तरमा पुर्याउन आगामी दिनमा नया नेतृत्वसँग सदस्यहरूसँग मिलेर काम गर्न तयार रहेको बताए।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




