
वीरगञ्ज, २ मंसिर । ठूलो परिमाणमा नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजनालाई पक्राउ गरिएको छ । पक्राऊ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६, इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका-१६ का २३ वर्षीय अमिरी राउत रहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गर्दा बिहीबार राति जाँच गर्ने क्रममा उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट वीरगञ्जका सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको टोलीले नक्कली मतपत्र, स्वस्तिक छाप र नगदसहित नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साका अनुसार उक्त कारलाई वीरगञ्ज बसपार्क इलाकामा जाँच गर्ने क्रममा १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार बरामद गरिएको हो ।
यसरी नियन्त्रणमा लिइएका नक्कली मतपत्रमध्ये करिब ३ सय जतिमा साइकल छापमा मत संकेत गरेको पाइएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राऊ परेकाहरु कुन निर्वाचन क्षेत्रको लागि नक्क्कली मतपत्र र रकम लिएर हिंडेका हुन् भन्नेबारे यकिन नभएको र यसबारे अनुसन्धान भइरहेको छ ।






काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



