
काठमाडौं, २ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी २ सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी ५ सय ५० पदका लागि ११ हजार ५ सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार १ सय ८९ पुरुष र २ सय २५ महिला गरी कुल २ हजार ४ सय १२ तथा समानुपातिकतर्फ १ हजार १२ पुरुष र १ हजार १ सय ८७ महिला गरी कुल १ हजार १ सय ९९ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रदेशसभाको प्रत्यक्षतर्फ २ हजार ९ सय ४३ पुरुष, २ सय ८० महिला र एक अन्य गरी कुल ३ हजार २ सय २४ तथा समानुपातिकतर्फ २ हजार १ सय ९७ पुरुष र १ हजार ५ सय ११ महिला गरी कुल ३ हजार ७ सय ८ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
देशभर १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ९१ लाख ४० हजार ८ सय ६ पुरुष, ८८ लाख ४७ हजार ५ सय ७९ महिला र १ सय ८५ अन्य गरी कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम छन् । आयोगले मतदाता सूचीमा नाम समावेश भएका यही मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा हुने बालिग मतदाताले मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
काठमाडौँ उपत्यकामा मात्रै ५ सय २७ मतदानस्थलमा १ हजार २ सय ७९ मतदान केन्द्र तोकिएको छ । काठमाडौँमा ३ सय २० मतदानस्थल र ७ सय ६७ मतदान केन्द, भक्तपुरमा ७६ मतदानस्थल र २ सय २२ मतदान केन्द्र तथा ललितपुरमा ७६ मतदानस्थल र २९० मतदान केन्द्र रहेको छ । काठमाडौँ १०, ललितपुरमा ३ र भक्तपुरमा २ निर्वाचन क्षेत्र छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा २२ मतदानस्थलमा ५२ मतदान केन्द्र, काठमाडौँ २ मा ४० मतदानस्थलमा ९५ मतदान केन्द्र, काठमाडौँ ३ मा २९ मतदानस्थलमा ६८ मतदान केन्द्र, काठमाडौँ ४ मा ३३ मतदानस्थलमा ८२ मतदान केन्द्र तथा काठमाडौँ ५ मा ३१ मतदानस्थलमा ८१ वटा मतदान केन्द्र छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा ३२ मतदानस्थलमा ७५ मतदान केन्द्र, काठमाडौँ ७ मा २९ मतदानस्थलमा ७१ मतदान केन्द्र, काठमाडौँ ८ मा २३ मतदानस्थल र ६१ मतदान केन्द्र, काठमाडाैं ९ मा ३४ मतदानस्थलमा ८५ केन्द्र तथा काठमाडौं क्षेत्र नं १० मा ४७ मतदानस्थलमा ९७ वटा मतदान केन्द्र छन् ।
यस्तै ललितपुर क्षेत्र नं १ मा ५३ मतदानस्थल र ९१ केन्द्र, ललितपुर २ मा ३९ मतदानस्थलमा ९३ केन्द्र र ललितपुर ३ मा ३९ मतदानस्थलमा १ सय ५ मतदान केन्द्र तथा भक्तपुर १ मा ३७ मतदानस्थल र १ सय १५ मतदान केन्द्र र भक्तपुर २ मा ३९ मतदानस्थल र १ सय ७ मतदान केन्द्र निर्धारण गरिएको छ ।
काठमाडौँमा ३ लाख १५ हजार २ सय ५४ पुरुष, ३ लाख ३६ हजार ८ सय ६४ महिला र ८ अन्य गरी कुल ६ लाख ५२ हजार १ सय २६ मतदाता रहेका छन् । ललितपुरमा १ लाख २२ हजार २ सय ७४ पुरुष, १ लाख २८ हजार १ सय ३५ महिला र १ अन्य गरी २ लाख ५० हजार ४ सय १० मतदाता छन् । भक्तपुरमा ९४ हजार ६ सय ८३ पुरुष, ९९ हजार ७ सय ५१ महिला र ५ अन्य गरी कुल १ लाख ९४ हजार ४ सय ३९ मतदाता रहेको आयोगको तथ्याङ्क छ ।






काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



