
पोखरा, २ कात्तिक । पोखरामा एक वृद्धाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।
पोखरा महानगरपालिका वडा ९ की ७० वर्षीया महिलाको पोखराको चरक मेमोरियल अस्पतालमा आइतबार बिहान पौने ९ बजे निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।
कोरोना संक्रमित ती वृद्धामा निमोनिया तथा उच्च रक्तचाप समस्या थियो । चरक मेमोरियलमा यसै सातामात्र लगातार ३ जना मानिसको ज्यान गइसकेको छ ।
गण्डकीमा यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । यसैबीच, गण्डकी प्रदेशमा कुल संक्रमित संख्या ५ हजार ७ सय ३० पुगेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




