
अफगानिस्तान, ४ मङ्सिर । अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा शनिबार दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ११ जनाको मृत्यु हुनाका साथै अन्य ४६ जना घाइते भएका छन्।
पहिलो दुर्घटना शनिबार साँझ दुशी जिल्लाको किलागाई क्षेत्रमा दुई यात्रु बस एक आपसमा ठोक्किँदा भएको थियो जसमा तीन यात्रुको मृत्यु भएको र सात जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले पत्रकारहरूलाई बताएका छन् ।
त्यसको केही मिनेटपछि दुशी जिल्लाको सोही क्षेत्रमा अर्को यात्रुबाहक बस पल्टेर खाल्डोमा खस्दा आठ यात्रुको मृत्यु हुनाका साथै अन्य ३९ जना घाइते भएको स्थानीय ट्राफिक अधिकारी नेजामुदिनले सिन्ह्वालाई बताएका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




