प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनकाे मतदान समय सकियो

-



     सफल आवाज    
     मंसिर ४ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको मतदानकाे समय सकिएको छ।

मतदानको समय सकिए पनि मतदानस्थल प्रवेश गरेकाले मत दिन पाउने निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा अाज प्रत्यक्ष चुनाव भएको हो।

मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ २ हजार १ सय ९९ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ।

त्यस्तै प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम बन्दसूचीमा रहेकाे छ।