थप २९४२ जनामा कोरोना पुष्टि

-



     सफल आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ कात्तिक । नेपालमा आइतबार थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्यमन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर १५ हजार ८ सय ७५ नमुना परीक्षणमा थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् । तीमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ६ सय ९८ जना छन् ।

यसैगरी देशभर हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ पुगेको छ । संस्थागत आइसोलेसनमा १२ हजार ९ सय ३३ जना बसेका छन् ।

गएको २४ घण्टामा २ हजार ३ सय २६ सय जना निको भए । हालसम्म ९२ हजार १ सय ६६ निको भएका छन् । निको हुने प्रतिशत ६९ दशमलब ७ प्रतिशत हुन आउँछ ।

१२ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।