
काठमाडौं, ५ मंसिर । हिजो मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको शुरुवाती गणनामा एमालेले अग्रता लिएको छ । हालसम्म प्रतिनिधि सभातर्फको ३५ निर्वाचन क्षेत्रको गणना जारी रहेकोमा एमालेले १२ ठाउँमा अग्रता लिएको छ। यसैगरी नेपाली कांग्रेसले ८ ठाउँमा अग्रता लिएको छ भने मुस्ताङमा विजय हासिल गरिसकेको छ । मुस्ताङ क्षेत्र नं १ मा एमालेका प्रेमप्रसाद तुलाचनलाई हराउँदै नेपाली कांग्रेसका योगेश गौचनले विजय हासिल गरेका हुन् । हाल सम्पन्न निर्वाचनको यो पहिलो परिणाम पनि हो ।
६ क्षेत्रमा अग्रता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा देखिएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उत्थान पार्टी तथा जनमत पार्टीले समान २-२ क्षेत्रमा अग्रता कायम गरेको तथ्याङ्क छ ।
यसैगरी नेकपा माओवादीले १ ठाउँमा र अन्यले २ ठाउँमा अग्रता लिएका छन् । देशैभरका अन्य क्षेत्रमा पनि विस्तारै मतगणना हुन थालेपछि यो आँकडामा केही फेरबदल हुन सक्नेछ ।






काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



