काठमाडौं ४ मा गगन थापा अगाडि, राजन भट्टराई पछ्याउँदै

-



     सफल आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हिजो मंसिर ४ गते भएको निर्वाचनको प्रारम्भिक मत गणना अनुसार काठमाडौंमा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसमा गगन थापाले अग्रता लिएका छन् ।

शुरुवाती आँकडा अनुसार थापाले ३४९० मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले आधाभन्दा कम अर्थात् १७१५ मतसहित उनलाई पछ्याइरहेका छन् ।

यही सूचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. ठाकुरमोहन श्रेष्ठ निकै झिनो अर्थात् १९९ मतका साथ तेस्रो नम्बरमा रहेका छन् । स्वतन्त्र उम्मेदवार अर्जुनकुमार प्रसाईले ८२ मत हासिल गर्दै चौथो स्थानमा परेका छन् ।