ललितपुर-३ मा डा.तोसिमा कार्की र नवलपरासी १-मा विनाेद चौधरीकाे अग्रता

-



     सफल आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले फेरि अग्रता लिएकी छन् । ललितपुर-३ कि उम्मेदवार तोसिमाले २ हजार १ सय ८५ मत प्राप्त पाएकि छन् ।

ताेसिमालाई एमाले उम्मेदवार अमृत खड्काले पछ्याइरहेका छन् । उनले १ हजार ८ सय ८५ मत ल्याएका छन्। उनी ताेसिमाभन्दा ३०० मतले पछि रहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाले १ हजार १ सय ९९ मत पाएकी छन्। याे क्षेत्रमा २०७४ सालकाे चुनावमा भुसाल विजयी भएकी थिइन् ।

नवलपरासी क्षेत्र नम्बर १ मा चौधरीकाे अग्रता

उता नवलपरासी क्षेत्र नम्बर १ मा उद्याेगी नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन्। उनले १ हजार ८ सउ मत गणना हुँदा ८ सय मत ल्याएका छन्।

चाैधरीलाई एमालेकाे सहयाेग लिएर चसनावमा हाेमिएका जनता प्रगतीशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले ५०० मत पाएका छन्।