लमजुङमा एमालेका पृथ्वीसुब्बा १ हजार ९ सय ९ मतले अगाडी

-



     सफल आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित



लमजुङ, ६ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा मतगणना जारी रहेको छ ।

पछिल्लो सार्वजनिक मतगणना परिणाम अनुसार १७ हजार नौ सय २८ मतगणना गर्दा नेकपा (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ९ हजार १ सय ९ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवप्रसाद गुरुङले ७ हजार २ सय मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले भने, “ गणना भएका मध्ये हालसम्म चार सय ९७ मत बदर भएको छ ।” जिल्लामा आठ पालिकामध्ये हालसम्म क्व्होलासोथर, दूधपोखरी, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको मतगणना सम्पन्न भएको छ । जिल्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ ।