
काठमाडौं, ६ मंसिर । आइतबार सपन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले शीर्ष स्थानमा रहेको छ । हालसम्मको मत परिणाम अनुसार एमालेले ६७ हजार ८४४ मत प्राप्त गर्दा नेपाली कांग्रेस ५८ हजार ८७१ मतसहित दोस्रो स्थानमा छ ।
निर्वाचन आयोगका अनुसार, अहिले बिहान १०:३० बजेसम्म देशभरबाट प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी २९ हजार ६३५ मतसहित तेस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्र २६ हजार ६३३ मतसहित चौथो स्थानमा रहेको छ ।
यसैगरी राप्रपा समानुपातिकतर्फ पाँचौं स्थानमा रहन सफल भएको छ । यद्यपि, देशैभरको मत गणना जारी रहेकाले प्राप्त मत र स्थानमा परिवर्तन आउन सक्ने सम्भावना भने प्रबल रहन्छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



