
कैलाली, ६ मंसिर । कैलालीको क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । चौधरीले कुल २३ हजार १२० मत प्राप्त गरेर विजयी भएका हुन् । नागरिक उन्मुक्ति पार्टीको यो पहिलो जित हो । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन् ।
यसैगरी नेकपा एमालेका गौरीशंकर चौधरी ९ हजार ८७४ मतसहित तेस्रो स्थानमा सीमित भए । राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्र बमले ७ हजार ४७ मत प्राप्त गरे । कुल ६३ हजार ४४० मत खसेको उक्त क्षेत्रमा ४ हजार २१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



