काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

-



     सफल आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ मंसिर । काठमाडौं-९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गरेर विजयी भएका हुन् ।

यो उनको राजनीतिक जीवनको आठौं स्पर्धा हो भने यो सहित उनले चौथो पटक जित हासिल गर्न सफल भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । यसैगरी सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मतसहित तेस्रो स्थानमा रहिन् ।